ज्येष्ठ नागरिकको सुविधामा टोपबहादुर रायमाझी जेलमुक्त

ज्येष्ठ नागरिकको सुविधामा टोपबहादुर रायमाझी जेलमुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएसँगै उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले रायमाझीलाई उक्त प्रकरणमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार चार वर्ष कैदमा २५ प्रतिशत अर्थात् एक वर्ष छुट पाएपछि उनको कैद अवधि तीन वर्ष कायम भएको थियो ।

रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । अदालतबाट जारी संशोधित कैदीपुर्जीका आधारमा उनको रिहाइ भएको हो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP