चर्चामा
काठमाडौं । दीपावलीको रौनक सकिएसँगै सूर्यदेवको उपासनाको महापर्व छठ आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट पर्वको सुरुवात गर्दैछन् ।
चार दिनसम्म विभिन्न धार्मिक विधि र निष्ठाका साथ मनाइने छठ पर्वको दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुहरूले जलाशय तथा छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ ।
सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने छठ पर्वलाई परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने महत्त्वपूर्ण धार्मिक पर्वका रूपमा लिइन्छ । व्रतालुहरूले कठोर नियम, संयम र शुद्धताका साथ उपवास बसेर सूर्यको पूजा गर्ने परम्परा छ ।
धार्मिक आस्थासँगै सामाजिक सद्भाव र समानताको सन्देश बोकेको छठ पर्वको अर्को विशेषता सबै समुदायको सहभागिता हो । छठघाटमा जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबै एकै ठाउँमा भेला हुने र एउटै लहरमा बसेर सूर्यदेवको आराधना गर्ने परम्परा छ ।
पुराना मनमुटाव बिर्सेर आपसी मेलमिलाप, सहयोग र सद्भाव कायम गर्ने अवसरका रूपमा समेत छठ पर्वलाई लिइन्छ । सूर्यको उपासना र षष्ठीदेवीको आराधनाले मङ्गल तथा कल्याण हुने धार्मिक विश्वासका साथ नेपालका विभिन्न स्थानमा छठ पर्व मनाइँदै आएको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!