चर्चामा
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समर्थन फिर्ता लिएपछि उनी विश्वासको मत लिन लागेका हुन्। एमालेका चार मन्त्रीले गत असोज २५ गते र नेकपाका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री यादवले विश्वासको मत जुटाउन विभिन्न राजनीतिक दलसँग छलफल गरिरहेका छन्। आज
शुक्रबार बस्ने प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले शनिबारको बैठकको कार्यसूची तय गर्नेछ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!