चर्चामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान र छलफल हुनेछ।
भ्रमणलाई नेपाल र चीनबीच राजनीतिक संवाद, आपसी समझदारी तथा विकास सहकार्य थप विस्तार गर्ने अवसरका रूपमा लिइएको पार्टीले जनाएको छ। प्रतिनिधिमण्डलमा रास्वपाका सांसदसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुनेछन्।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!