रुस र युक्रेनबीच ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्ने सहमति

रुस र युक्रेनबीच ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्ने सहमति

रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने प्रयासस्वरूप संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको दुईदिने वार्तामा ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको वार्तामा दुवै देशका प्रतिनिधि सहभागी भएका थिए।

अमेरिकी विशेष दूत जारेड कुशनरका अनुसार यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो मानवीय बन्दी आदानप्रदान हुन सक्नेछ। यद्यपि युद्धविराम, क्षेत्रीय विवाद र युक्रेनको सुरक्षा प्रत्याभूतिजस्ता महत्वपूर्ण विषयमा भने सहमति जुट्न सकेको छैन।

वार्तापछि अमेरिकी प्रतिनिधिहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग डब्लिनमा थप छलफल गरेका छन्। दुवै पक्षबीच शान्ति वार्तालाई निरन्तरता दिने सहमति भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP