ट्रम्पद्वारा मेक्सिकोमाथि भन्सार शुल्क दोब्बर पार्ने चेतावनी

ट्रम्पद्वारा मेक्सिकोमाथि भन्सार शुल्क दोब्बर पार्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासन नियन्त्रण गर्न मेक्सिको असफल भए त्यहाँबाट आयात हुने वस्तुमा भन्सार शुल्क दोब्बर पार्ने चेतावनी दिएका छन्। अमेरिकामा अवैध रूपमा प्रवेश गर्न खोज्ने आप्रवासीलाई रोक्न मेक्सिकोले थप प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ। ट्रम्पको चेतावनीले दुई देशबीचको व्यापारिक सम्बन्धमा तनाव बढ्न सक्ने देखिएको छ।

अमेरिकातर्फ अघि बढिरहेको आप्रवासी समूहलाई रोक्न मेक्सिकोले आवश्यक कदम नचाले तत्काल भन्सार शुल्क दोब्बर बनाउने ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका हुन्। करिब १ हजार ५०० आप्रवासीको समूह मेक्सिकोको दक्षिणी सहर तापाचुलाबाट अमेरिकातर्फ अघि बढेको बताइएको छ। मेक्सिकन राष्ट्रपति क्लाउडिया शिनबाउमले आप्रवासी समूह अघि बढिरहेको पुष्टि गर्दै उनीहरूलाई आफ्नै देश फर्काउन पहल भइरहेको बताएकी छन्। उनले आप्रवासीमाथि दमन नगर्ने पनि स्पष्ट पारेकी छन्। अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौताबारे छलफल भइरहेका बेला आएको ट्रम्पको चेतावनीले दुई देशबीचको व्यापारिक सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP