चर्चामा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान रुसको राजधानी मस्को प्रस्थान गरेका छन्। उनी अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका हुन्।
प्रचण्ड शुक्रबार बिहान ९ः२० बजे दुबई हुँदै मस्कोतर्फ उडेका हुन्। उनीसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि रुस गएका छन्। सम्मेलनमा ६० भन्दा बढी देशका राजनीतिक नेता तथा प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा अन्तर्राष्ट्रिय राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। सम्मेलन सम्पन्न भएपछि प्रचण्ड नोभेम्बर १८ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!