चर्चामा
कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। यससँगै प्रदेशमा नेपालीसहित सरकारी कामकाजका लागि मान्यता प्राप्त भाषाको संख्या १४ पुगेको छ।
महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुभाषिक सरकारी कामकाजको व्यवस्था कार्यान्वयनमा आएको घोषणा गरेका हुन्।
सरकारले मैथिली, लिम्बू, राई, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, नेपाल भाषा, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजको मान्यता दिएको छ।
यसअघि भाषा आयोगले मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सिफारिस गरेको थियो। तर प्रदेश सरकारले भाषिक तथा सांस्कृतिक विविधतालाई समेट्ने उद्देश्यले थप ११ भाषा समावेश गरेको हो।
गत कात्तिक ११ गते प्रदेश प्रमुखबाट सम्बन्धित ऐन प्रमाणीकरण भएपछि यसको कार्यान्वयनको बाटो खुलेको थियो। नयाँ व्यवस्थाले प्रदेशका विभिन्न समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!