हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा सामान्य बदली हुन सक्ने विभागले जनाएको छ।

त्यस्तै, तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ। यसले विशेषगरी बिहान र साँझको समयमा जनजीवन तथा सडक यातायातमा सामान्य प्रभाव पार्न सक्ने देखिएको छ।

विभागले हिमाली क्षेत्रमा यात्रा गर्ने तथा चिसोबाट प्रभावित हुन सक्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP