सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्णलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ।

नियुक्त भएका चारै जनाको नाम यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो। सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले उनीहरूलाई न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

यस नियुक्तिसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थपिने भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP