चर्चामा
काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग बढ्दै जाँदा यसको सुरक्षा र गुणस्तरमाथि पनि प्रश्न उठ्न थालेको छ। गुड्दागुड्दै गाडीमा आगलागी हुने, ब्रेकमा समस्या देखिने, चक्का खुस्किने तथा दुर्घटनामा यात्रुले ज्यान गुमाउने घटनाले इभी गाडीको सुरक्षा मापदण्ड र सरकारी निगरानीमाथि बहस सिर्जना गरेको छ।
पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनामा पनि विद्युतीय माइक्रोबस परेको थियो। उक्त दुर्घटनामा माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खस्दा १० जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। घटनाले विद्युतीय सवारीसाधनको प्राविधिक अवस्था र सुरक्षाबारे थप चासो बढाएको छ।
पछिल्लो समय इभी गाडीको प्रयोग बढे पनि तिनको गुणस्तर परीक्षण, प्राविधिक जाँच र सञ्चालनसम्बन्धी मापदण्ड कत्तिको प्रभावकारी छन् भन्ने प्रश्न उठ्न थालेको छ। विशेषगरी यात्रुवाहक विद्युतीय सवारीसाधनको ब्याट्री, ब्रेक प्रणाली, टायर, विद्युतीय संरचना तथा अन्य महत्त्वपूर्ण उपकरणको नियमित परीक्षण आवश्यक देखिएको छ।
यद्यपि दुर्घटनामा इभी प्रविधिकै कारण रहेको निष्कर्ष निकाल्न भने प्राविधिक अनुसन्धान आवश्यक हुन्छ। सडकको अवस्था, चालकको लापरबाही, सवारीसाधनको प्राविधिक खराबी तथा अन्य सम्भावित कारणको निष्पक्ष छानबिन हुनुपर्ने देखिन्छ।
यसैबीच, सरकारले विद्युतीय सवारीसाधनको आयात, बिक्री र सञ्चालनसम्बन्धी सुरक्षा मापदण्ड पुनरावलोकन गर्नुपर्ने आवाज उठेको छ। प्राविधिक कमजोरी देखिएका सवारीसाधनको बिक्री तथा सञ्चालनमा आवश्यक नियन्त्रण गर्नुपर्ने र नियमित प्राविधिक परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
त्यस्तै, उत्पादक वा विक्रेता कम्पनीको लापरबाहीका कारण दुर्घटना वा जनधनको क्षति भएको पुष्टि भए सम्बन्धित कम्पनीलाई जिम्मेवार बनाउँदै पीडितलाई उचित क्षतिपूर्ति दिलाउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने मागसमेत उठेको छ।
विद्युतीय सवारीसाधनलाई सुरक्षित र भरपर्दो यातायातको माध्यम बनाउन राज्यले यसको प्रवर्द्धनसँगै सुरक्षा, गुणस्तर र नियमनमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!