चर्चामा
काठमाडौ ।क्यानडा सरकारले सम्भावित आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै नागरिकलाई कम्तीमा ७२ घण्टासम्म आफैँ जीवन धान्न सक्ने तयारी गर्न आग्रह गरेको छ। प्राकृतिक विपत्ति, विद्युत् अवरोध, सञ्चार सेवा बन्द तथा अन्य संकटका बेला सरकारी उद्धार र सहायता तत्काल उपलब्ध नहुन सक्ने भन्दै सरकारले प्रत्येक परिवारलाई तीन दिन पुग्ने आवश्यक सामग्री सुरक्षित राख्न सुझाव दिएको हो।
सरकारको आपत्कालीन तयारीसम्बन्धी निर्देशनमा खानेपानी, नबिग्रिने खाद्य सामग्री, नियमित औषधि, प्राथमिक उपचार सामग्री, टर्चलाइट, अतिरिक्त ब्याट्री, रेडियो र मोबाइल चार्ज गर्ने वैकल्पिक साधन तयार राख्न भनिएको छ। आपत्कालीन अवस्थामा परिवारका सदस्यबीच सम्पर्क कायम गर्ने योजना बनाउन र आवश्यक सामग्री एउटै झोलामा व्यवस्थित राख्नसमेत सुझाव दिइएको छ।
बाढी, डढेलो, आँधी, हिमआँधी, भूकम्प तथा विद्युत् र सञ्चार प्रणालीमा आउन सक्ने अवरोधलाई सम्भावित जोखिमका रूपमा लिँदै क्यानडाले नागरिकस्तरमै पूर्वतयारीलाई प्राथमिकता दिएको छ।
सरकारको यो निर्देशनले आपत्कालीन अवस्थामा राज्यको उद्धार प्रणालीमा मात्र निर्भर नभई नागरिक आफैँ पनि सुरक्षित रहन सक्ने क्षमता विकास गर्नुपर्ने सन्देश दिएको छ।
यद्यपि, क्यानडा सरकारले ७२ घण्टाभित्र कुनै ठूलो विपत्ति आउन लागेको घोषणा गरेको होइन। यो सम्भावित संकटका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न गरिएको पूर्वतयारीसम्बन्धी आग्रह हो।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!