कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ, इनम सापकोटासँग कनेक्सन खुलेपछि प्रहरीको अनुसन्धान तीव्र

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ, इनम सापकोटासँग कनेक्सन खुलेपछि प्रहरीको अनुसन्धान तीव्र

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। विभिन्न उच्चपदस्थ व्यक्तिसँगको पहुँच र त्यसैका आधारमा सेटिङमार्फत काम गराउने आरोपमा अनुसन्धानको दायरामा रहेका इनम सापकोटासँग सम्बन्ध देखिएपछि प्रहरीले महेशलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महेश श्रेष्ठलाई शनिबार बेलुका कीर्तिपुरबाट पक्राउ गरिएको हो। उनको पक्राउबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।

यसअघि गत असोज ११ गते पक्राउ परेका इनम सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनीमाथि सम्पत्ति शुद्धीकरणलगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

इनमसँग जोडिएका अन्य व्यक्तिहरूमाथि समेत प्रहरीले निगरानी बढाएको छ। अनुसन्धानकै क्रममा महेश श्रेष्ठ पक्राउ परेपछि इनमसँगको सम्बन्ध र सम्भावित गतिविधिबारे थप अनुसन्धान अघि बढ्ने देखिएको छ।
प्रहरी अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP