हलमै फिल्म रेकर्ड गरेर सामाजिक सञ्जालमा राख्नेविरुद्ध ‘बाटुलो जून’ साइबर ब्युरोमा

हलमै फिल्म रेकर्ड गरेर सामाजिक सञ्जालमा राख्नेविरुद्ध ‘बाटुलो जून’ साइबर ब्युरोमा

काठमाडौं । चलचित्र हलभित्रै फिल्मका दृश्य रेकर्ड गरेर सामाजिक सञ्जालमा अपलोड गर्ने प्रवृत्तिविरुद्ध नेपाली चलचित्र ‘बाटुलो जून’को निर्माण पक्षले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।

चलचित्र प्रदर्शनमा आएको दुई दिन नबित्दै निर्माण पक्षले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको हो। चलचित्रकी निर्मात्री जिया केसी शुक्रबार बिहान साइबर ब्युरो पुगेर टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबलगायतका सामाजिक सञ्जालमा चलचित्रका दृश्य अनधिकृत रूपमा सार्वजनिक गर्ने प्रयोगकर्ताविरुद्ध उजुरी दिएकी हुन्।

सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका दृश्य हलभित्रबाटै रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको निर्माण पक्षको भनाइ छ।
अनुमतिबिना चलचित्रका दृश्य रेकर्ड तथा प्रसारण गर्नु प्रतिलिपि अधिकारको उल्लङ्घन भएको र यसले चलचित्रको व्यावसायिक प्रदर्शनमा समेत आर्थिक क्षति पुर्‍याएको निर्माण पक्षको दाबी छ।

निर्माण पक्षले अनधिकृत रूपमा अपलोड गरिएका भिडियो तत्काल हटाउन आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाविरुद्ध कानुनबमोजिम कारबाही र क्षतिपूर्तिको माग गरेको छ।

भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जून’मा अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य अभिनय रहेको छ।

चलचित्र हलमा प्रदर्शन भइरहेकै बेला दृश्य रेकर्ड गरेर सामाजिक सञ्जालमा फैलाउने प्रवृत्तिले नेपाली चलचित्र उद्योगको लगानी, सिर्जना र प्रतिलिपि अधिकारमाथि चुनौती थपेको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP