चर्चामा
काठमाडौं । अभिनेत्री गौरी मल्ल पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा चर्चा फैलिएको घटनाको वास्तविकता भने फरक खुलेको छ। चलचित्र प्रचारका लागि गरिएको योजनाबद्ध गतिविधिले दर्शकलाई वास्तविक पक्राउको घटनाजस्तै लाग्ने अवस्था सिर्जना गरेको छ।
चलचित्र ‘क का कि की’ को ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीको भेषमा आएका व्यक्तिहरूले अभिनेत्री गौरी मल्लसहित कलाकारहरू मनोज गजुरेल र शिशिर वाङ्देल तथा निर्देशक विक्की अग्रवाललाई नियन्त्रणमा लिएको दृश्य प्रस्तुत गरेका थिए।
तर उनीहरूलाई प्रहरीले वास्तविक रूपमा पक्राउ गरेको भने होइन। यो चलचित्रको प्रचारप्रसारका लागि तयार पारिएको नाटकीय दृश्य थियो।
कार्यक्रमको अन्त्यतिर सञ्चारकर्मीले प्रश्न सोधिरहेका बेला अचानक प्रहरीको पोसाकमा आएका व्यक्तिहरूले कलाकारहरूलाई नियन्त्रणमा लिएर हलबाट बाहिर निकालेका थिए। उनीहरूलाई प्रहरी भ्यानमा राखेर लगिएको दृश्यसमेत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा गौरी मल्ल र अन्य कलाकार पक्राउ परेको चर्चा फैलिएको थियो।
यो घटनाले सर्वसाधारण मात्र होइन, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङसमेत झुक्किएको देखिएको छ। उनले सामाजिक सञ्जालमार्फत गौरी मल्ल र मनोज गजुरेललाई किन पक्राउ गरिएको भन्दै सरकारसँग जवाफ मागेका थिए।
तर वास्तविकता सार्वजनिक भएपछि पक्राउको हल्ला निराधार साबित भएको छ। चलचित्रको कथासँग जोडेर गरिएको उक्त प्रस्तुति प्रचारको नयाँ शैली भए पनि वास्तविक प्रहरी कारबाही र नाटकीय अभिनयबीचको भिन्नता स्पष्ट नपार्दा दर्शकमा भ्रम सिर्जना भएको छ।
चलचित्र ‘ककाकिकी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!