चर्चामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ७ देखि ९ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने तयारी भइरहेको समाचार सार्वजनिक भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता गर्ने तयारी छ।
समाचारअनुसार प्रधानमन्त्री शाहसँगै चार मन्त्रीसहितको सरकारी प्रतिनिधिमण्डल भारत जाने तयारी गरिएको छ।
प्रस्तावित प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री खड्गराज पौडेल सहभागी हुने बताइएको छ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार र पर्यटनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
विशेषगरी नेपाली जुट उत्पादनमाथि भारतले लगाउँदै आएको एन्टिडम्पिङ शुल्क घटाउने तथा नेपाली वस्तुको भारतीय बजारमा पहुँच सहज बनाउने विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको बताइएको छ।
त्यसैगरी नेपाली उत्पादनको गुणस्तर प्रमाणपत्र तथा व्यापारिक प्रक्रिया सरल बनाउने विषयमा पनि छलफल हुने सम्भावना छ।
यद्यपि, भ्रमणको अन्तिम मिति, सहभागी मन्त्रीहरूको नाम र औपचारिक कार्यक्रमबारे सम्बन्धित सरकारी निकायबाट अन्तिम पुष्टि हुन बाँकी छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!