चर्चामा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको विवादमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीले चाल्ने कदमलाई पूर्ण समर्थन गर्ने जनाएको छ।
रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले विवादबारे आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री र सरकारकै क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पारेका छन्।
आइतबार कात्तिक २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले प्रधानमन्त्रीले कुनै पनि व्यक्तिबाट गलत काम भएको निष्कर्ष निकालेमा कारबाही प्रक्रिया अघि बढाउन सक्ने र त्यसमा पार्टीको पूर्ण साथ रहने बताएका हुन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल फोन लगिएको घटना सार्वजनिक भएपछि विवाद चर्किएको हो।
यस विषयमा पार्टीले नै प्रमुख सल्लाहकारलाई छानबिनको दायरामा ल्याउन पहल गर्नुपर्ने हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले अनावश्यक हस्तक्षेप गर्न नहुने बताए।
उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका विषयमा प्रधानमन्त्री स्वयंले आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्दै पार्टीले त्यसमा पूर्ण सहयोग गर्ने स्पष्ट पारे।
खरेलका अनुसार उक्त विवादले अहिलेसम्म पार्टीमा औपचारिक प्रवेश पाएको छैन। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेको र सभापति छठ पर्व मनाउन तराईमा रहेकाले यस विषयमा औपचारिक छलफल हुन नसकेको हो।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको विवादमा रास्वपाले प्रत्यक्ष हस्तक्षेप नगरी निर्णयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै छाडेको छ। अब प्रधानमन्त्रीले यस प्रकरणमा कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!