विश्वासको मत लिनुअघि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

विश्वासको मत लिनुअघि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न आवश्यक समर्थन नजुट्ने भएपछि उनले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। दुवै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो।

विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत नपुग्ने देखिएपछि उनले प्रदेशसभाको अंकगणितमा अल्झिनुभन्दा प्रदेशमा स्थिर सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन्।

मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले स्वीकृत गरिसकेका छन्। अब नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।

नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म हालको मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP