चर्चामा
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले हेटौँडामा एक राउण्ड हवाई फायर गरी आधुनिक हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
२०८३ साल कात्तिक २८ गते बिहान ११ः४० बजे अवैध सामान ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापाको कमान्डमा खटिएको विशेष टोलीले हेटौँडा उपमहानगरपालिका-१ स्थित तिरतिरे धारानजिक बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो रिक्सा रोकेर जाँच गर्न खोजेको थियो।
सो क्रममा अटोमा सवार एक व्यक्तिले प्रहरी टोलीमाथि फायर गर्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-६, नयाँबस्तीका आमिर भन्ने सुनबहादुर तामाङ र अटो चालक विश्वराज मोक्तान रहेका छन्।
बरामद गरिएका सामग्री:
१. ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल - १ थान
२. गोली (राउण्ड) - १ थान
३. म्यागजिन - १ थान
४. एन्ड्रोइड मोबाइल -३ थान
५. बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो रिक्सा - १ थान
नियन्त्रणमा लिइएका दुवै व्यक्ति तथा बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!