काठमाडौं।राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को सातौं वार्षिक साधारण सभा भोलि भोलि हुँदै छ । सभाबाट नयाँ कार्यसमिति चयन गरिने संघले जनाएको छ। बानेश्वर हिलमा हुने उक्त साधारण सभा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
संघका महासचिव दीपक कोइरालाले साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन कार्य पूरा भइसकेको जानकारी दिए। उनका अनुसार कार्यक्रम सञ्चालन, सदस्य समन्वय तथा एजेन्डा तयारीलगायतका सबै काम सम्पन्न भइसकेका छन्।
संघका अध्यक्ष सन्तोष प्याकुरेलले साधारण सभाबाट नयाँ नेतृत्व चयन हुनुका साथै आगामी कार्ययोजना र रणनीति तय गरिने बताए। “यो साधारण सभा संस्थाको आगामी कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर हो,” उनले भने, “शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नयाँ कार्यसमितिले ठोस योजना अघि सार्नेछ।”
लामो समय देखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय नेका व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न नीतिगत पहल तथा सरोकारवाला निकाय र विदेशी दूतावासहरूसँग सहकार्य गर्दै आएको जनाएको छ।
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) शैक्षिक परामर्श व्यवसायीहरूको अग्रणी संस्था हो। यसले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यका विभिन्न निकायहरूसँग समन्वय गर्दै व्यवसायलाई विश्वसनीय र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्दै आएको छ।
काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको फेक रेस्क्यू मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रह ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!