राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ । सभाअध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारणवश बैठक पाँच मिनेटका लागि स्थगन भएको बैठकलाई जानकारी दिनुभयो । त्यसअघि करिब एक घन्टा बैठक सञ्चालन भएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्नुभएको थियो । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP