नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल तथा नि:शर्त रिहा गर्न कडा माग गरेको छ। समाचार वा अभिव्यक्तिका आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको उल्लेख गर्दै सोसाइटीले कुनै पनि विवादको समाधान कानुनी र संवैधानिक प्रक्रियाबाटै खोज्न आग्रह गरेको छ।
यसैबीच, श्रेष्ठको गिरफ्तारी र मिडिया हाउसको कार्यालयमा गरिएको छापा तथा खानतलासीको विरोधमा पत्रकारहरू आन्दोलित बनेका छन्। नेपाल पत्रकार महासंघको अगुवाइमा सञ्चारकर्मीहरूले जिल्ला प्रहरी परिसर अगाडि धर्ना दिँदै प्रहरी प्रशासनको कदमप्रति तीव्र विरोध जनाएका छन्। आन्दोलित पत्रकारहरूले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न र पत्रकारमाथिको धरपकड तुरुन्त रोक्न सरकारसँग जोडदार माग गरेका छन्।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!