ताप्लेजुङमा बिहानै ४ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा महसुस

काठमाडौ,माघ २७-ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ।

भूकम्पको केन्द्र नेपाल–भारत सीमा नजिकै रहेको थियो र यसको धक्का पूर्वी नेपालको विभिन्न जिल्लामा महसुस गरिएको थियो। अहिलेसम्म कुनै भौतिक क्षति वा चोटपटकको विवरण प्राप्त भएको छैन।

स्थानीयवासीहरूमा अस्थायी डर र चिन्ता फैलिएको भए पनि ठूलो क्षति नभएको जनाइएको छ। अधिकारीहरूले शान्त रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सञ्जालबाट लोकप्रिय बन्ने प्रवृत्ति खतरनाक : प्रचण्ड
17 घण्टा अघि

काठमाडौं,माघ २६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP