तराईमा तुवाँलो, पहाड–हिमालमा बादल र हल्का हिमपातको सम्भावना

काठमाडौं,माघ २७— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ। यसका कारण तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ।

आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। उच्च पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्ने अपेक्षा गरिएको छ भने बाँकी पहाडी भूभागमा आंशिक बादल रहनेछ। तराई भूभाग मुख्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल रहनेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सञ्जालबाट लोकप्रिय बन्ने प्रवृत्ति खतरनाक : प्रचण्ड
17 घण्टा अघि

काठमाडौं,माघ २६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP