चर्चामा
कोहलपुर। कोहलपुरस्थित थापा मेडिकलमा चेकजाँचका क्रममा बालिकाको संवेदनशील अंगमा हात लगाएको आरोपमा स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले कुटपिट गरेका छन्। कुटपिटमा परेका व्यक्ति डाक्टर नभई सिएमए गरेका स्वास्थ्यकर्मी गणेशबहादुर थापा रहेको बताइएको छ। शनिबार मेडिकलमै पुगेर बालिका र उनका आफन्तले उनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पेट दुखेपछि मेडिकल पुगेकी बालिकाले स्वास्थ्यकर्मीले जबर्जस्ती कपडा खोलेर संवेदनशील अंगमा हात लगाएको आफन्तलाई बताएको दाबी गरिएको छ। यता स्वास्थ्यकर्मी थापाले भने बालिकाले समस्या बताएपछि उनकै आग्रहमा स्वास्थ्य परीक्षण गरेको र कुनै गलत उद्देश्य नभएको बताएका छन्।
क्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप नोभेम्बर ५ देखि बंगलादेशको ढाकामा सुर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!