चर्चामा
म्याग्दीको बेनी नगरपालिका-८ जलेश्वरमा पहिरोका कारण स्थानीय घर छाडेर धर्मशालामा आश्रय लिन बाध्य भएका छन्। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि राहुवडाको पाखोबाट खसेको पहिरोले बस्तीका घर तथा संरचनामा क्षति पुर्याएको हो।
पहिरोले घरमा हिलो पस्नुका साथै कुखुराको खोर, सुन्तला तथा केराका बगैँचा र अन्य संरचनामा क्षति पुर्याएको छ। दुई वटा पोल्ट्री फार्ममा रहेका करिब १ हजार ५०० ब्रोइलर कुखुरा नष्ट भएका छन्। घरमा रहेका अन्नपात, कपडा, कागजात तथा बालबालिकाका किताबसमेत पहिरोले पुरेको स्थानीयले बताएका छन्।
जमिनमा चिरा परेकाले थप पहिरोको जोखिम कायमै छ। स्थानीयले तत्काल सुरक्षित आश्रयसँगै दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्। बस्तीको माथिबाट आउने पहिरो र तल कालीगण्डकीको कटान नियन्त्रणका लागि एकीकृत योजना आवश्यक रहेको भूगर्भविद्ले बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!